मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

‘दुई कदम’को छायाङ्कन मुस्ताङमा

‘दुई कदम’को छायाङ्कन मुस्ताङमा

साझा पोष्ट
मंगलबार, चैत २१ २०७९
  • images
    ‘दुई कदम’को छायाङ्कन मुस्ताङमा
    images

    काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘दुई कदम’को मुस्ताङमा  धमाधम छायाङ्कन    भैरहेको छ । चैत्र १६ गतेदेखि छायाङ्कन  भैरहेको र धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाङ्कन  हुने निर्माण पक्षले जनाएको छ ।  प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर निर्माण टिमले काम गरिरहेको छ । 


    images
    images

     प्रेमकथामा आधारित  दयाराम घिमिरेको चलचित्रलाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा बनिरहेको चलचित्रमा  गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

    यस्तै विक्रम डिसीको छायाङ्कन ,तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । 

    2 Kadam-21680602190.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार