शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपालमा पनि बन्यो एनिमेटेड चलचित्र

नेपालमा पनि बन्यो एनिमेटेड चलचित्र

साझा पोष्ट
बिहीबार , साउन १८ २०८०
  • images
    नेपालमा पनि बन्यो एनिमेटेड चलचित्र
    images

    काठमाडौं । नेपालमा पनि  एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नामको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए।


    images
    images

    ‘यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ’, सम्पादक पुरीले भने । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन् । समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिल्म हो। ६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक तेजसराज जोशीले बताए। यो फिल्मलाई नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा यसै वर्ष प्रदर्शन गरिने जोशीले बताए।

    सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गरेको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार छन् ।कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गरेको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गरेका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार