बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

थुक्क जात व्यवस्था ! मान्छे भएर मान्छेकै समाजमा बाँच्न पनि नपाउने ?

थुक्क जात व्यवस्था ! मान्छे भएर मान्छेकै समाजमा बाँच्न पनि नपाउने ?

साझा पोष्ट
बुधबार, भदौ ६ २०८०
  • images
    थुक्क जात व्यवस्था !  मान्छे भएर मान्छेकै समाजमा बाँच्न पनि नपाउने ?
    images

    यो सुनकाण्ड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो। तर मलाई भने यो समयमा नचाहँदा  पनि यो  स्टाटस लेख्नुपर्ने बाध्यता भयो।


    images
    images

    कुरा हो मेरी जीवन संगिनी कमला लम्साल दलित (विश्वकर्मा समुदायकी हुन्)। उनीसँगै मैले घर-समाजसँग विद्रोह गरेर २९ बर्षअघि विवाह गरेको हुँ। संघर्षका क्रममा हामीले धेरै उतार चढाव झेल्यौँ। मजदुरबाट पत्रकार हुँदै निष्ठापूर्वक आफ्नो पेसालाई निरन्तर सहयोग पुर्‍याइरहेको छु। समाजले सम्मान पनि दिएको छ। मेरा दुई छोरीहरु शिक्षित छन्। दुवैले पत्रकारिताको उच्च शिक्षा अध्ययन गरेका छन्। कान्छी छोरी एमपीए पनि गर्दैछिन् । सत्ताईस वर्षको डेराबासपछि हामीले आफ्नो कमाईबाट बल्ल तीन महिना अघि ऋणपान गरेर याक्सो (घर बनाएर) मोरङको करैगा गाउँमा बसोवास गर्न थाल्यौँ।

    छिमेकीहरुलाई सकेको हार्दिक सहयोग पनि गरिरहेका छौँ। तर जब उनीहरुले  मेरी जिवनसाथी विश्वकर्मा हुन् भन्ने थाहा पाए तब हाम्री छोरीहरुलाई मानसिक यातना दिन थालेका छन्। मैले जग्गा खरिद गरेर घर बनाउँदा पनि आफ्नो परिचय लुकाएको थिइनँ। लुकाउँदिनँ पनि।

    सकभर सबैलाई सम्झाउने प्रयत्न गर्छु तर आज मलाई साह्रै पीडा भएको छ। छिमेकीले हाम्रो  परिवालाई दलित भनेर देउता लाग्छन्, घरभित्र नछिर ! भनेर मेरा छोरीहरुलाई विभेद गर्न थालेका रहेछन्। मैले चेतावनी दिएको छु। के कसैले जग्गा खरिद गर्दा म उच र निच हुँ भनेर अनमति लिएर मात्र बसोवास गर्नुपर्ने नियम छ ? दलितकी छोरीसँग विवाह गरेकै कारण हामी कसरी अछुत भयौ ? उच्च शिक्षा गरेका मेरा छोरी र जीवनसाथी कसुर अछुत ? दलितले जग्गा खरिद गर्दा घर बनाउँदा हामी दलित हौ यहाँ बनाउने पाउँछौ कि पाउदैनौँ भनेर सोधी हिँडनु पर्ने? के अरुले ल्याएका मलेच्दहरू नेपालको सम्मानित नागरिक हुने तर मेरी जीवन साथीलाई मैले लम्साल भनेर २० वर्ष अगाडि नै नागरिकता दिलाएपनि उनी अछुत नै हुने? छ्या। यो कस्तो व्यवस्था र कस्तो सोच।

    कसैले धम्की नलगाउनु। फेरि पनि मेरो परिवारमा जातकै कारणले मानसिक यातना दिने काम भयो भने कोही जेष्ठ नागरिक र जातिय श्रेष्ठता प्राप्त गरेकको व्यक्त्ति वा समुदाय हो भनेर म भन्ने छैन। प्रमाणसहित कानुनी उपचारमा जाने छु। हो मैले दलितकी छोरीसँग विवाह गरेकै हो ।

    र हामी हाम्रो परिवार सफल बनाउन अहिलेसम्म सफल भएकै छौँ। तर मलाई अन्यन्तै दुख र पीडा भएको चाँहि के हो भने सदियौँदेखि यसरी उत्पीडन सहेर बाँचिरहेका दलितहरुले यस्तो अत्यचार झन कसरी सहिरहेका होलान् ? मान्छे भएर मान्छेकै समाजमा सम्मानपूर्वक बाच्न पनि नपाउने? अन्तमा म त्यही व्यक्त्ति हुँ जसले जातीय विभेदकै कारण जन्मदिने आमाको कर्म गर्न पाइनँ।

    मलाई र मेरी जीवनसाथी र छोरीहरुलाई स्वीकार गर्न नचाहने वंशलाई पनि बहिष्कार गरिरहेछु। विचारले प्रगतिशील व्यक्त्ति मैले म र मेरा श्रीमती र छोरीहरुलाई स्वीकार नगरेकै कारण कुनै आर्थिक सहयोग नगर्ने घोषणालाई पनि अवलम्वन गरिरहेकाे छु। भोलि पनि म कुनै वंशको काजकिरिया र कर्मकाण्डमा कहिल्यै सहभागी पनि हुनेछैन। तर यो बेला कामले थाकेर आएपछि परिवारबाट यो विभेदकारी व्यवहार सुनेपछि मैले भन्नैपर्ने भएको छ', थुक्क जात व्यवस्था, थुक्क स्वार्थी समाज, थुक्क तिमीहरुको जातीय अहंकार। तर तिमीहरुले परास्त हुनैपर्छ। यो देश तिमेरुको मात्र हैन।

    (यो सामग्री हामीले लम्सालको फेसबुकबाट लिएका हौं) 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार