शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

'तस्बिरमा ज्येष्ठ नागरिक' फोटो प्रदर्शनी

'तस्बिरमा ज्येष्ठ नागरिक' फोटो प्रदर्शनी

साझा पोष्ट
आइतबार, असोज १४ २०८०
  • images
    'तस्बिरमा ज्येष्ठ नागरिक' फोटो प्रदर्शनी
    images

    काठमाडौं  ।  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिवार हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको हो ।


    images
    images

    कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानमा  जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको भन्दै सहयकार्यका लागि पनि आह्वान गरे । 

     ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’ उनले । 

    त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले आजको कार्यक्रम निक्कै नै प्रभावकारी भएको बताए। ‘ज्येष्ठ नागरिक केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौं भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने छौं ।’ उनले भने।

    कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए । नयाँ पुस्तामा उत्साह जगाउनुका साथै, जेष्ठ नागरिकमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षाका साथ प्रदर्शनी गरिएको उनले बताए । 
    शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।

    seniour_citizen_2.jpg
    senior_citizen_3.jpg

    senior_citizen_4.jpg

    senior_5.jpg

    senoir_7.jpg

    seniour_8.jpg
    senoor_6.jpg
    seniour_citizen 1.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार